• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आइसोलेसनमा बस्ने ठाउँ नभएपछि रुखको टुप्पोलाई कोभिड वार्ड

भारतको तेलांगना प्रान्तको नालागोन्डा जिल्लामा होम आइसोलसनमा बस्ने ठाउँ अभाव भएपछि नयाँ बहस सिर्जना भएको छ। त्यहाँको सयौं परिवार एउटै कोठामा आइसोलेसन बस्न बाध्य छन्। चार भित्ता रहेको एउटै कोठमा भान्छा र कतै शौचालयसमेत हुन्छन्। यस्तो बाध्यताबीच कोरोना संक्रमित बिरामीले आफूलाई छुट्टै बस्न ठाउँ नै पाइरहेका छैनन्।

यही समस्याबीच नालागोन्डाका कोरोना संक्रमित एक विद्यार्थीले भने गज्जबको ‘आइडिया’ फुराएका छन्। होम आइसोलेसनमा बस्ने ठाउँ अभाव भएपछि १८ वर्षीय शिव नामका विद्यार्थीले रुखको टुप्पोलाई कोभिड वार्ड बनाए। उनी ११ दिनसम्म रुखको टुप्पोमा आइसोलेसन बसे। घरका अन्य सदस्यलाई भाइरस नसरोस् भनेर उनले रुखको हाँगामा बाँसका भाटा बाँधबुँध पारेर खाटजस्तो बनाए र ओढ्ने, ओछ्याउने राखेर त्यहीँ बस्न थाले। उनले रुखकै टुप्पोमा ११ दिन आइसोलेसन बसे। मे ४ मा कोरोना संक्रमण पुष्टि भएपछि सानो गाउँ कोठानान्डिकोन्डाका शिवलाई गाउँका स्वयंसेवीहरूले आफ्नै घरमा तर परिवारबाट बेग्लै बस्न भनेका थिए।

करिब ३ सय ५० आदिवासी परिवारको बस्ती रहेको उनको गाउँबाट प्राथमिक स्वास्थ्य केन्द्र पाँच किलोमिटर टाढा छ। कुनै गम्भीर खालको स्वास्थ्य समस्या परेर अस्पताल नै जानुपर्ने अवस्था आयो भने उनको गाउँबाट ३० किलोमिटरको दुरीमा एउटा अस्पताल रहेको छ। ‘हाम्रो गाउँमा कुनै आइसोलेसन केन्द्र छैन। छेउछाउका अन्य गाउँमा पनि आइसोलेसन केन्द्र छन् भन्ने मलाई थाहा छैन,’ शिवले भने, ‘यस्तो समस्या भएपछि मजस्ता संक्रमितले के नै गर्न सक्छौं ररु म रुखको टुप्पोमा आइसोलेट बसेका कारण मेरो परिवारका चार जना कोरोनाबाट जोगिए।’

उनका अनुसार ग्रामीण स्वयंसेवकहरूले उनलाई कोरोना पोजिटिभ भएको प्रधानपञ्चलाई भनेपछि गाउँका कोही पनि सहयोग गर्न आएनन्। ती सबै यसरी डराए कि घरबाट कोही पनि बाहिर निस्केनन्। रुखमा आइसोलेसन बस्न थालेपछि शिवको परिवारले खाना र पानी डोरी बाँधिएको बाल्टिनमा राखिदिने गरेको र उनले माथिबाट तानेर लिने गरेका थिए।

शिवले रुखको टुप्पोमा अधिकांश समय मोबाइल फोन चलाएर बिताए। उनी हैदरावादमा स्नातक अध्ययनरत छन्। भारतभरि दोस्रो लहरको कोरोना संक्रमण फैलिन थालेपछि हैदरावादबाट उनी एक महिनाअघि गाँउ फर्किएका थिए। शिवको समस्याबारे गाउँका प्रधानपञ्च बालु नायकलाई टेलिफोन गर्दा कल रिसिभ गरेनन्। त्यसपछि डिस्ट्रिक्ट कलेक्टर प्रशान्त जीवन पाटिललाई फोन र मेसेज गर्दा उनी पनि सम्पर्कमा आएनन्। शिवको समस्याबारे बुझ्न पत्रकार उनको गाउँ पुगेपछि गाउँलेहरू त्यहाँ जम्मा भएका थिए। हल्ला फैलिएपछि प्रहरी पनि घटनास्थल आएको थियो। त्यसपछि प्रहरीले शिवलाई रुखबाट ओरालेर पाँच किलोमिटर परको आइसोलेसन सेन्टर लगेर राख्ने व्यवस्था मिलाएको थियो। ११ दिन रुखको टुप्पोमा आइसोलेसन र बाँकी तीन दिन आइसोलेसन सेन्टर बसेपछि शिव अहिले घर फर्किएका छन्। उनको परिवारमा दैनिक मजदुरी गर्ने बुबा र आमा तथा दुई साना भाइबहिनी छन्। एजेन्सी

मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.