धुर्मुससुन्तली फाउन्डेसनद्धारा क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग
चितवन : धुर्मुस सुन्तली फाउन्डेसनले बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बिच फाउन्डेसनको आकस्मिक हेल्प कक्ष चौबीसकोठिले सो सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।
क्यान्सर अस्पताल परिसर भित्र संचालनमा ल्याइएको १४० बेडको कोभीड अस्पतालले प्रयोग गर्ने गरि सहयोग गरेको फाउन्डेसनकाले जनाएको छ । आठ लाख ७५ हजार बराबरको उक्त सामाग्री फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले अस्पतालका कार्यकारी प्रमुख डा। देज गौतमलाई हस्तान्तरण गरेका थियो । केही दिन अघि मात्र फाउन्डेसनले भरतपुर अस्पताललाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो।
र्मुससुन्तली फाउन्डेसनद्धारा क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग