टवल कि धन कुमारी परिवार छोरीको खोजि गर्दै मिडियामा आएकी छिन्। उनकी २९ बर्षकि बिबाह गरेकी छोरी ज्वाई बिदेसबाट आएपछि एक्कासी सम्पर्क बिहिन भएकी हुन्।
१० कक्षा मा पढ्दै गरेकी छोरी, १६ बर्षमा बिबाह गरेपछि अहिले सम्पर्क बिहिन भएकी हुन्। छोरि ज्वाइको बिच-बीचमा झगडा हुदा ४ बर्ष अलग बसेका थिए त्यस पछि छोरी २ बर्ष बिदेश गएर आएपछि ६ महिना सम्म छोरी ज्वाई संगै बसेका थिए।
श्रीमान श्रीमतीको सल्लाह अनुसार ज्वाईले अब म कमाउन जान्छु तिमि घर बस भनेपछि छोरी माइतीमै बसेकी थिइन्। धन कुमारी भन्छिन छोरीको सासु ससुरा नभएको हुनाले मैले माइतीमै राखेको थिए। लगभाग ५/६ बर्ष सम्म राम्रो संग बसेका थिए अहिले १ बर्ष जति उसलाई के भयो थाहा छैन। ज्वाई नेपाल आएपछि बुढाबुढीको झगडा भयो त्यसपछि हिनेको छोरि अहिले सम्म सम्पर्क मा आएकी छैन।
छोरी सृजना आफ्नो श्रीमानलाई ‘अब म त संग बस्दिन’ भने पछि ज्वाइले पनि म पनि तलाई राख्दिन दुनिया संग कुरा गर्दै हिड्ने त भनेर भने। हामीहरुलाई फोन नै चलाउन आउदैन उसले के गरि कसो गरि केहि थाहा हुने थिएन। हामीले धेरै सम्झाउदा पनि मानिन मैले डिभोर्स गर्ने हो भनेको थिइ। ज्वाईले तैले डिभोर्स दिन्छेस भने म पनि लिन्छु भनेर वकिल कहाँ जान्छु भनेर हिनेको छोरी कहाँ गइ थाहा नै छैन।