• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

आज मिति २०८३ साल असोज १९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • २. इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ३. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ४. विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

  • ५. आज मिति २०८३ साल असोज १४ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज मिति २०८३ साल असोज १३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. कस्तो रहनेछ आज दिनभरको मौसम

  • ८. आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. बाढीपहिरोले मनाङमा पर्यटक अलपत्र, आवतजावत ठप्प

  • १०. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

ब्याजवापत दुई वर्षदेखि यौन शोषण !


जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ ।

शनिबार सल्लेरीमा पत्रकार सँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताए । आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको पीडित महिलाको भनाइ छ । ‘ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो’, भावुक हुँदै पीडित महिलाले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ ।’

घरायसी कामसँगै तीन/चार दिनको अन्तरमा उनी जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको उनको भनाइ छ । ‘ऋणको ब्याजस्वरूप काम गर्नुपर्ने’, महिलाले भनिन्, ‘दिनभरि कामको थकानसँगै उसलाई यौन चाहना भए जुनैबेला पनि आफू तयार हुनुपर्ने मेरो बाध्यता थियो ।’

आफूले शारीरिक सम्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मार्नेसम्मको धम्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको उनको भनाइ छ । गाउँघरमा जो कोहीलाई धाकधम्की दिएर खड्गबहादुरले श्रम शोषण गर्ने गरेको पीडित महिलाको आरोप छ तर पीडक राईले भने आफूले त्यस्तो कुनै पनि हालतमा नगरेको बताए।

यौन प्यास मेटाउन पीडितकै घरमा पुग्थे खड्गबहादुर

खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्नदेखि अन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि आफूलाई बोलाउने गरेको महिलाको भनाइ छ । ‘शुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिँदैन भन्नुभयो’, महिलाले सुनाइन्, ‘केही समयपछि साँवा ब्याजको हिसाब गरौँ भन्दा पनि पछि हिसाब गरौँला किन अहिले गर्नु भन्दै काम लगाइरहे, मैले पनि मानिरहेँ ।’

श्रम शोषण गरिरहेका पीडक राईले २०७५ सालदेखि भने निरन्तर यौन शोषणसमेत गर्ने गरेको पीडित महिलाले बताइन् । पीडित महिलाको ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घर आउने र यौन प्यास मेटाउने गरेको महिलाको गुनासो छ । रातको १२ बजेतिर आफ्नो घरमा आउने र कोही कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्कीसमेत दिने गरेको उनले बताइन् ।

खड्गबहादुरको व्यवहारको विषयमा पीडितको पतिलाई जानकारी भएपछि काम गर्न नजाने निधोमा पुगेकी उनलाई खड्गबहादुरले तत्काल ऋण फिर्ता गर्न ताकेता गरेको बताइन्छ तर आफूहरुसँग फिर्ता गर्ने रकम नहुँदा बाध्य भएर अह्राएको काम गर्नुपरेको महिलाको गुनासो छ ।

खड्गबहादुर र पीडित महिलाबीचको सम्बन्धका बारेमा पीडकको घरपरिवारलाई जानकारी भएपछि छोराहरु समेतले गत माघ २८ गते महिलाको घरमा पुगेर ज्यान मार्ने धम्की दिएको आरोप छ । घर घेर्न पुगेपछि पति र घरपरिवारसहित छिमेकीलाई समेत घटनाको बारेमा जानकारी गराएको महिलाको भनाइ रहेको भन्दै राससका लागि भाेजराज कार्कीले लेखेका छन् ।

आइतबार, चैत १५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो
​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना
पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन
इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

  • १.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • २.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ३.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ४.
    विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

  • ५.
    आज मिति २०८३ साल असोज १४ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल असोज १३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

  • २.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ३.
    कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

  • ४.
    आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

  • ५.
    पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

  • ६.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

  • ८.
    आज मिति २०८३ साल असोज १९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.