कैलालीमा एक युवती मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरिगङ्गा नगरपालिका–३ मा करिब २२ बर्षकी सञ्जिता चौधरी झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टले दिएकाे जानकारी अनुसार सञ्जिता गौरीगंगा नगरपालिका ३ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष निरज चौधरीको घरमा मृत फेला परेकी थिइन् ।खुट्टा भुइँमा छोइएको अवस्थामा मृत भेटिएकी सञ्जिता र निरज केही समयदेखि प्रेम सम्बन्धमा रहेका प्रहरीको अनुसन्धानमा खुलेको छ।कार्यवाहक वडाध्यक्ष निरज श्रीमतीसहित फरार छन् । उनले हालै मात्र अर्को बिबाह गरेका प्रहरीले जनाएकाे छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
वडा अध्यक्षको घरमा युवती मृ’त फेला, वडाध्यक्ष फ’रार
वडा अध्यक्षको घरमा युवती मृ’त फेला, वडाध्यक्ष फ’रार
तपाईको प्रतिक्रिया