प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार माघ २३ गते काठमाण्डौको नारायणहिटी दरबारको अगाडी आमसभा गर्ने भनेपछि त्यस क्षेत्रका व्यापारीहरुले पसलहरु बन्द गर्ने निर्णय गरेका छन् ।
भोलि बिहीबार प्रचण्ड–माधव समूहले देशव्यापी बन्द गर्ने निर्णय गरेको र शुक्रबार ओली समूहको सभाले पार्ने प्रभावका कारण दरबारमार्गका व्यापारीले यस्तो निर्णय गरेका हुन् । दरबारमार्गका व्यापारीहरुले त्यस क्षेत्रमा सभा नगर्न काठमाडौं महानगरपालिकालाई अनुरोध गरेपनि ओली समूहले सो ठाँउमा देशभरबाट कार्यकर्ता जम्मा गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।