• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, मङि्सर २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

गुणस्तरीय विशिष्ट सेवा दिदै मेडिकल,सिटिको शान बढाउदै चितवन मेडिकल कलेज !


जटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौं नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि कलेज यो क्षेत्रमा कलेज अग्रणी बनेको हो ।

मेडिकल कलेजले मुटुरोगको उपचारमा सङ्ख्यालाई आधार मान्दा काठमाडौंको शहीद गङ्गालाल हृदयरोग केन्द्रपछि दोस्रो स्थान आफू रहेको दाबी गरेको छ । कलेजमा दैनिक मुटु उपचारका लागि ६० देखि ८० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार कलेजमा हालसम्म कोरोनरी एनजिओग्राम एक हजार ८ सय ५२ को, कोरोनरी एनजिओप्लास्टी एक हजार ३२ को, पेसमेकर १ सय ५३ को, पिटिएमसि १ सय ६० को र अस्थायी पेसमेकर १ सय ३९ जनाको गरिइसकिएको छ । विगत सात वर्षयता अस्पतालले यी सेवाहरु उपलब्ध गराउँदै आएको देवकोटाले जानकारी दिए ।

अस्पतालको मुटुरोग विभागका प्रा डा सुधीर रेग्मीका अनुसार यहाँ शल्यक्रियाबाहेक मुटुसम्बन्धी रोगका सम्पूर्ण उपचार गरिन्छ । हाल शल्यक्रियाको तयारी थालिएको छ । सुरुवाती चरणमा शल्यक्रिया गरिएको भए पनि बीचको समयमा रोकिएको शल्यक्रिया पुनः सुरु गर्न लागिएको हो । रेग्मीको भनाइमा नेपालमै मुटुसम्बन्धी विज्ञ समूहले उपचार गर्ने महत्वपूर्ण गन्तव्यको रूपमा यस कलेज बनेको छ ।

कलेजको मुटु विभागमा रेग्मीसहित प्रा डा श्यामराज रेग्मी, सहप्राध्यापक डा विष्णुमणि धिताल, मेडिकल कलेजले लिङ्कन विश्वविद्यालयसँग सहकार्य गरेर सञ्चालन गरेको कार्डियो फेलोसिप गर्दै गरेका पाँच चिकित्सक, पाकिस्तानी विश्वविद्यालयको सहकार्यमा भइरहेको फेलोसिप गर्दै गरेका दुई चिकित्सक कार्यरत छन् । यो समूहलाई प्राविधिक र नर्सिङ समूहले सहयोग पुर्याउँदै आएको छ । कलेजमा मुख्यगरी चितवनसहित नवलपरासी, धादिङ, लमजुङ, गोरखा, कास्की, मकवानपुर, रुपन्देही, पाल्पा, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लाबाट बिरामी आउने गरेको उनले जानकारी दिए । राजधानी काठमाडौंबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

सबै उमेर समूहका बिरामी आउने गरेको उनको भनाइ छ । अस्पतालमा इसिजी, इको, एबिपिएम, हल्टरलगायतका उपकरणको सहयोगमा समेत उपचार गर्ने गरिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले मुटुको उपचारमा गङ्गालालपछि सबैभन्दा धेरै बिरामी आफूहरुले उपचार गरेको दाबी गरे । विगत सात वर्षयता राजधानी काठमाडौंसहित देशैभरका बिरामीको मुटु उपचारमा आफ्नो कलेज प्रमुख गन्तव्य बन्न पुगेको उनको भनाइ छ । न्यौपानेले भने, “हामी केही महिनाभित्रमै कार्डिएक सर्जरी पुनः थाल्छौँ ।” यो शल्यक्रिया सेवा सुरु भएसँगै मुटुको भल्ब प्रत्यारोपणसमेत गर्न सकिने छ । न्यौपानेका अनुसार सरकारले विपन्न वर्गलाई उपलब्ध गराउने रु एक लाख सुविधाका लागि आवश्यक व्यवस्थापन कलेजले गर्दै आइरहेको छ । पचहत्तर वर्षमाथिका र १४ वर्षमुनिका बिरामीका लागि सरकारले दिने सुविधा यस कलेजका बिरामीका लागि पनि उपलब्ध गराउन कलेज लागिपरेको छ ।

कलेजमा मुटुरोग उपचारका लागि छुट्टै २० शय्याको मुटु सघन उपचारकक्ष र अर्को २० शय्याको मुटुका बिरामीको साधारण कक्ष रहेको छ । न्यौपानेले मुटुरोगको उपचार खर्चिलो हुने भएकाले सरकारले सहयोग गर्न सकेमा बिरामी लाभान्वित हुने बताए । कलेजले यहाँ सेवा सुरु नगर्दा धेरै बिरामीको उपचारको अभावमा मृत्युसमेत हुने गरेको थियो ।

शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

भर्खरै

  • १.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.