व्यावसायिक रूपमा , गाई , भैसिं , मौरी , कुखुरा पाल्ने गरिएको त हामीले देख्दै आएकै छौं। तर सबैले हेप्ने गरेको ‘झिँगा’ को समेत व्यावसायिक पालन हुन्छ भन्ने कमैलाई थाहा होला। हो त्यही झिंगाको व्यावसायिक पालन चितवनमा शुरु भएको छ। भरतपुर महानगर पालिका वडा नम्बर १५ मा हालसालै झिंगाको व्यावसायिक रुपमा व्यावसाय शुरु गरिएको हो ।
पशुपंक्षी तथा बालीको उत्पादकत्व बढाउने उद्देश्यले चितवनमा व्यावसायिक रूपमै झिँगापालन सुरू गरिएको हो। भरतपुर महानगरपालिका को वडा नम्बर १५ फूलबारीमा रहेको प्रांगारिक कृषि उत्पादन केन्द्रले यसको उत्पादन गर्दै आएको छ भने यस प्रजातिको नाम ब्ल्याक सोल्जर फ्लाई(बिएसएफ) रहेको छ। यसलाई नेपालीमा ‘कालो सिपाही झिँगा’ भनिन्छ। यसको विभिन्न अवस्था अनुसार दाना, मल लगायतका कृषि काममा प्रयोग गर्न सकिन्छ ।