• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

नेपालीलाई वैदेशिक रोजगारीका लागि खुशीकाे खबर : महिनाको २ लाख कमाइ हुने,

नेपालीलाई रोजगारीका लागि इजरायल पठाउने प्रक्रिया अन्ति’म चरणमा पुगेको सरकारले जनाएको छ। पहिलो चरणमा ५ सय श्रमिक पठाउने गरी गत असोज १४ गते दुई देशबीच श्रम सम्झौता भएको थियो। श्रमिक पठाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि समेत तयार गरिसकेको छ। कार्यविधिमा हस्ताक्षर गर्ने जिम्मा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई दिइएको श्रम मन्त्रालयका प्रवक्ता थानेश्वर भुसालले बताए।

महानिर्देशक दाहालले इजरायली पक्षसँग नेपालमै कार्यविधिमा हस्ताक्षर गर्ने तयारी भएको बताए। यसअघि इजरायलका लागि नेपाली राजदूत अन्जन शाक्यले नेपालको तर्फबाट श्रम सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।उक्त श्रम सम्झौताअनुसार केयरगिभरका रुपमा ५ सय जना नेपाली पहिलो पटक इजरायल जानेछन्। इजरायलसँग भएको सम्झौता अनुसार त्यहाँ जाने श्रमिकले भिसा शुल्क भने तिर्नुपर्ने छैन। करिब एक लाख रुपैयाँ खर्च गरेर श्रमिक त्यहाँ जान पाउने छन्।

इजरायल जान केयरगिभरको तीन महिने तालिम लिएको हुनु पर्ने छ। केयरगिभर तालिम सरकारले अनुमति दिएका तालिम केन्द्रबाट लिन सक्ने र यसका लागि ३० हजार रुपैयाँ लाग्ने सम्झौतामै उल्लेख गरिएको छ। यो शुल्क श्रमिकले नै तिर्नुपर्ने छ। यस्तै, स्वास्थ्य परीक्षणका लागि ४ हजार ३ सय रुपैयाँदेखि ७ हजार ९ सय रुपैयाँसम्म श्रमिकले तिर्नुपर्नेछ। वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा १५ सयदेखि २५ सय रुपैयाँ, स्वास्थ्य बिमाका लागि ४ हजारदेखि ८ हजार रुपैयाँ तिर्नु पर्ने छ।

उमेरअनुसार बिमा शुल्क फरकफरक हुनेछ। पासपोर्ट बनाउँदाको खर्च समेत दुई देशको सम्झौतामा उल्लेख गरिएको छ। ५ हजारदेखि १५ हजार रुपैयाँसम्म पासपोर्ट बनाउँदा श्रमिकको खर्च हुनेछ। यसबाहेक तत्कालीन बजार मूल्य अनुसार हवाई भाडा श्रमिकले तिर्नुपर्ने छ। श्रमिक भर्ना प्रक्रिया वैदेशिक रोजगार विभागले नै गर्ने छ। विभागले निर्देशकको नेतृत्वमा इजरायल शाखा तोकिसकेको छ।

कार्यविधिमा सम्झौता हुनासाथ सूचना जारी गरेर इजरायल जान चाहने श्रमिकबाट आवेदन माग गर्ने विभागका महानिर्देशक दाहालले बताए। ‘हामीले फारम तयार गरिसकेका छौं, हाम्रो तर्फबाट अब लगभग तयारी टुंगियो, मन्त्रालयबाट कार्यविधि पास भएर आइसकेपछि हस्ताक्षर हुन्छ र कार्यन्वयनमा जान्छ,’ महानिर्देशक दाहालले भने।

इजरायलमा काम गर्ने नेपाली श्रमिकले त्यहाँका नागरिकसरह नै तलब पाउने छन्। इजरायलले तोकेको न्यूनतम ज्याला स्थानीय मुद्राअनुसार ५ हजार ३ सय सेकेल (करिब नेपाली एक लाख ९४ हजार रुपैयाँ) हुन्छ। यसबाहेक अन्य सेवा सुविधा त्यहाँका नागरिकले सरह नै नेपाली श्रमिकले पनि पाउने सम्झौतामा उल्लेख छ।

त्यहाँ जाने नेपालीले नर्सिङ क्षेत्रमा काम गर्नेछन्। श्रम मन्त्रालयका प्रवक्ता भुसालका अनुसार व्यक्तिका घरमा नभएर वृद्धाआश्रम र अस्पतालहरुमा नेपाली श्रमिकले काम गर्नुपर्ने छ। दुई देशबीच भएको सम्झौताअनुसार इजरायल जाने श्रमिक २५ वर्षदेखि ४५ वर्षसम्मका हुनु पर्नेछ। उनीहरुको उचाइ कम्तीमा डेढ मिटर र ४५ केजी तौल हुनुपर्नेछ।

तीन महिने नलिएको भए सीएमए र अनमी अध्ययन गरेकाले आवेदन दिन पाउनेछन्। उनीहरुले अंग्रेजी भाषा जानेको हुनुपर्नेछ। केयरगिभरको तालिम लिएकाहरुको हकमा भने १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ।

यसअघि व्यक्तिको घरमा केयरगिभरका रूपमा नेपालीलाई लगिएको थियो। वैदेशिक रोजगार विभागमार्फत नै सन् २०१५ मा पाइलट प्रोजेक्टका रूपमा केयरगिभर लैजान थालिएको थियो। तर संसदीय समितिले श्रम सम्झौता नभएसम्म घरेलु श्रमिक नपठाउन निर्देशन दिएपछि इजरायल पनि बन्द भएको हो।

त्यतिबेलाको योजना सफल नभएपछि सरकारले इजरायलसँग श्रम सम्झौता नै गरेर श्रमिक पठाउन लागेको हो। त्यसअघि म्यानपावर कम्पनीले समेत इजरायलमा नेपाली श्रमिक पठाउँदै आएका थिए। श्रमिकसँग चर्को शुल्क लिएको पाइएपछि सन् २००९ देखि म्यानपावर कम्पनीलाई श्रमिक पठाउन रोक लगाइएको थियो। इजरायलमा करिब तीन हजार नेपाली केयरगिभरका रूपमा कार्यरत रहेको विभागको अनुमान छ। याे खबर नेपाल खबरले छापेकाे छ ।

बुधबार, पुष २९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.