• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

माघ ५ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा !

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका संस्थागत विद्यालयहरूले विभिन्न बाहना बनाएर शिक्षक तथा कर्मचारीहरूको तलब नदिएको प्रति खेद प्रस्ताव पारित गर्दै माघ ५ गतेबाट अनिश्चित कालिन शैक्षिक हड्ताल गर्ने निर्णय गरेको छ ।

युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक वर्ष २०७७ सालको ९ महिना पूरा हुन लाग्दा समेत शिक्षक, कर्मचारी, चालक तथा सहचालकहरूलाई पूर्ण पारिश्रमिक नदिइ विद्यालय सञ्चालकहरूले झारो टार्ने प्रयास गरिरहेको प्रति खेद प्रकट गर्दै अन्याय बिरूद्ध लड्न विद्यालय बन्द जस्तो कठोर कदम चाल्न बाध्य भएको हो ।

बैठकले २०७७ जेठ ५ गते भद्रपुर नगरपालिकाको कार्यालयमा प्याब्सन एन प्याब्सन भद्रपुर नगर समितिले संस्थगत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिसित गरेको सहमती २०७७ पौषको अन्तिम सातासम्म आइपुग्दा पूर्ण रूपमा कार्यान्वयनको चरणमा पुग्न नसकेको प्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

नगर सरकार जस्तो जिम्मेवार निकायमा आएर सहमती गर्ने कार्यान्वयनका चरणमा नगरपालिका जान्दछ भनेर पछि हड्ने संस्थागत विद्यालयका सञ्चालकहरूलाई कानुनी दायरामा ल्याएर नीति र विधिमा चल्ने वातावरण बनाइ दिन अनुरोध समेत गरेको छ ।

बैठकले यस शैक्षिक वर्षको पहिलो चार महिने अवधिमा कोरोनाका कारण विद्यालय बन्दको बाहना देखाएर राज्यको नीति नियम अतिक्रमण भएको ठहर गर्यो ।

दोश्रो चारमहिनामा विद्यालय विभिन्न रूपबाट सञ्चालनमा आए । अभिभावकहरूले शुल्क समेत तिरे तर शिक्षक कर्मचारीको श्रमलाई अपमानित गर्दै झारो टार्ने शैलीमा कनिका छरेजस्तो पारिश्रमिक छरेर शोषणको उत्कण्ठा मच्चाइयो भन्दै यसखालका श्रमिक मारा व्यवहारको प्रतिवाद गर्न बन्दको बाटो रोज्ने निर्णय गरेको हो ।

यस अभियानमा अभिभावक, राजनीतिक दल, विद्यार्थी संघ, संगठन, मानव अधिकारकर्मी, सञ्चार जगतलाई समेत न्यायका लागि अगाडि आएर सहयोग गर्न अपील गरिएको छ ।

वर्षभरी विद्यालयको उन्नति प्रगतिका लागि परिश्रम गर्ने शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना देखाएर दिनु पर्ने पारिश्रमिक नदिने कार्य विद्यालय सञ्चालकहरूले कुन कान्ुन अनुसार गरेको हो ? विद्यार्थीका टाउका गनेर शुल्क उठाउन अनुमति दिने नगर शिक्षा समितिले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, चालक, सहचालकलाई पारिश्रमिक दिन बाध्य बनाउन सक्छ कि सक्दैन ? भन्दै बैठकमा राज्यको नीति र नियम समेत नमान्ने विद्यालय सञ्चालकहरूलाई कानुनी प्रकृयामा ल्याइ अराजक अवस्था अन्त्य गर्न माग गरिएको छ ।

यसैगरी बैठकले माघ ५ गते संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, चालक, सहचालकको सम्युक्त नगर भेला सम्पन्न गरी थप कडा आन्दोलन चर्काउने निर्णय गरेको छ ।

आन्दोलन परिचालनका लागि उपाध्यक्ष विदुर ढुंगानालाई संयोजक बनाइएको छ भने अन्याय बिरूद्ध न्यायिक लडाइका लागि प्रदेश सहसचिव राजु वराललाई जिम्मेवारी तोकेको छ ।

नीति, नियम र कानुनलाई हातमा लिएर विद्यालय सञ्चालन गर्ने सोच त्याग्न विद्यालय सञ्चालकहरूसित आग्रह गर्दै बैठकले संस्थागत विद्यालयको शैक्षिक उन्नतिमा शिक्षक कर्मचारीको योगदान नविर्सन अनुरोध समेत गरेको छ ।

शनिबार, पुष २५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.