Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

हार्दिक बधाई : यी हुन् डिग्री पास गर्ने चेपाङ समुदायकै पहिलो चेली सितामाया !

राप्ती नगरपालिका १३ की सीतामाया चेपाङ यस समुदायकै डिग्री सर्टिफिकेट हात पार्ने पहिलो महिला भएकी छन् । पहाडी भूगोल राप्ती नगरको उच्च भाग वासवाङमा घर रहेकी उनले हालैमात्र समाजशास्त्र विषयमा स्नातकोत्तर ‘डिग्री’ पास गरेको बताइन् । उनले पाटन क्याम्पसबाट डिग्री पास गरेकी हुन् । कक्षा ३ सम्म गाउँकै विद्यालय पढेकी उनी त्यसपछि भने जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालयमा पढ्न पुगिन् ।क्रिमसनमा प्लस टु र कोटेश्वर क्याम्पसबाट स्नातक गरेकी उनलाई पढ्नका लागि सिकाऊ नामक गैरसरकारी संस्थाले सहयोग गरेको हो । आफ्नो जीवनमा शिक्षाको यो उपलब्धि हात लाग्नुमा बेल्जियमस्थित एक महिला नागरिक रहेको उनले बताइन् । आफू कक्षा ७ मा अध्ययनरत हुँदा ती महिलाको निधन भएपछि उनकै श्रीमान्ले स्नातकसम्म पढाउन सहयोग गरेको उनको भनाइ छ । समाजशास्त्रमा डिग्री पढ्ने क्रममा भने आफैँले खर्च जुटाएको बताउँदै उनले भनिन्, ‘जागिर खाँदै पढेको छु । *****यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस् *****

सुरूमा अरुको सहयोगमा र हाल आफ्नै कमाइमा पढ्न व्यस्त सीताले यतिखेर काठमाडौँमै आफ्ना ३ जना भदाहरुलाई कोठामा सँगै राखेर पढाइरहेकी छन् । पारिवारिक हिसाबले सीताको जीवन निकै कष्टकर रह्यो । सानै उमेरमा बुबा बितेपछि आमा र दाइको सहयोगमा अध्ययनरत उनी आफैँ शारी’रिक अपा’ङ्गता भएकी छन् । ‘गाउँमा लडे, र हात भाँचियो, निको होला भनेर गाउँमै उपचार गरियो तर निको भएन, अन्ततः देब्रे हात नै काट्नु प¥यो’, सीताले भनिन्, ‘तर शिक्षाको उचाइले गर्दा समस्याहरुसँग जु, ध्नका लागि साहस मिलेको छ ।

चेपाङ समुदायको पहिलो डिग्री पास गर्ने महिलाका रुपमा सीतालाई पाउँदा आफू निकै खुसी भएको चेपाङ अगुवा गोविन्दराम चेपाङले बताए । चेपाङ समुदायबाट विभिन्न प्राविधिक र औपचारिक शिक्षा लिने पुरूषहरु धेरै नै भए पनि महिलाहरुले सफलता हात नपारेको अवस्था थियो’, संविधानसभा सदस्यसमेत रहेका गोविन्दरामले भने, ‘अवसर पायो भने चेपाङ जातिले पनि केही गर्न सक्छ भन्ने उदाहरण देखिन थालेको छ ।’

बुधबार, पुष २२, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.