नुवाकोटमा एकै परिवारका ६ दिदीबहिनी प्रहरीमा कार्यरत छन् । एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे भएको मानिसलाई विश्वास गर्न गाह्रो पर्छ । तर, यो सत्य हो । नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन् ।
इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली (असई) छिन् । जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन । भने दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) । हाल जमुना र विष्णुले अवकाश लिइसकेको अधिकारी परिवारले जनाएको छ ।