• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

तालिबानले पत्रकारलाई निर्घात कुटेपछि भन्यो– तेरो टाउको काटिएन, भाग्यमानी रैछस्


एएफपी,२५ भदौ । तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समााचार संकलन गर्ने पत्रकारलाई घण्टौ नियन्त्रणमा लिई निर्घात कुटपिट गरेर छोडेको छ ।

उनीहरूलाई प्रदर्शनस्थलबाट प्रहरी चौकीमा लगिएको थियो । विरोधलाई संगठित गरेको आरोप लगाउँदै डन्डा, विद्युतीय तार र कोर्राले हिर्काएको उनीहरूले बताएका छन् ।

“एकजना तालिबानले मेरो अनुहारलाई कंक्रिटतर्फ फर्काएर उसको खुट्टा मेरो टाउकोमाथि राखेर थिच्यो । उनीहरूले मेरो टाउकोमा हिर्काए ।उनीहरूले मलाई मार्न गइरहेका थिए भन्ने सोचेँ,” फोटोग्राफर नेमातुल्लाह नक्दीले एएफपीलाई भने ।

समावेशी शासन चलाउने वाचा गरेको भएपनि तालिबानले आफ्नो शासनकोविरुद्ध बढिरहेको विरोधलाई दबाउनतर्फ अघि बढेको छ ।

बुधबार राति तालिबानले न्याय मन्त्रालयको अनुमतिविना गरिने प्रदर्शनलाई गैरकानुनी घोषणा गरेको छ ।

निर्घात कुटाइ खाएका नक्दी र उनका सहकर्मी ताकि दर्याबी इतिलात रोज ९इन्फरमेसन डेलि०का रिपोर्टर हुन् । उनीहरू काबुलको प्रहरी चौकी अगाडि महिलाहरूले काम र शिक्षाको माग गर्दै गरेको आन्दोलनको समाचार संकलन गर्न गएका थिए ।

नक्दीले फोटो खिच्न सुरु गर्ने बित्तिकै तालिबन लडाकुले आफूमाथि हमला गरेको बताए ।

“उनीहरूले मलाई ‘तिमीले छायाङ्कन (फिल्म) गर्न सक्दैनौ’ भने,” उनले भने ।

“उनीहरूले छायाङ्कन गरिरहेका सबैलाई पक्राऊ गरे र उनीहरूको फोन लिए,” नक्दीले एएफपीलाई भने ।

नक्दीले तालिबानले आफ्नो क्यामेरा खोस्न प्रयास गरेको तर आफूले भिडमा अरू कसैलाई दिएर व्यवस्थापन गरेकको बताए ।

तीन जना तालिबानले उनलाई प्रहरी चौकीमा लगे र पिट्न सुरु गरे ।

तालिबान अधिकारीहरूले प्रतिक्रियाको लागि एएफपीले बारम्बार अनुरोध गर्दा पनि जवाफ दिएका छैनन् ।

आफूलाई ‍र्‍यालीको आयोजक भएको आरोप लगाएको भन्दै नक्दीले भने, “तालिबानले मलाई गाली गर्न र कुट्न सुरु गरे ।”

उनले आफूलाई किन पिटेको भनेर सोधे, उनलाई भनियो “तँ भाग्यमानी छस्, तेरो टाउको त काटिएन ।”

अन्ततः नक्दीलाई भिडभाडयुक्त कक्षमा लगियो जहाँ उनले आफ्नो सहकर्मी दर्याबीलाई भेटे, उनी पनि पक्राउ परेका थिए र कुटिएका थिए ।

“हामी यति धेरै पीडामा थियौँ कि हलचल गर्न पनि सक्दैनथ्यौँ,” दर्याबीले बताए ।

तालिबानले केही घण्टापछि कुनै स्पष्टीकरणविना उनीहरूलाई अपमानजनक ढंगले छोडिदिएको थियो । “उनीहरूले हामीलाई शत्रुका रूपमा हेर्छन्,” तक्कीले भने ।

तालिबानले स्पष्ट नपारिएकोे इस्लामिक सिद्धान्त अनुसार प्रेस स्वतन्त्रताको रक्षा गर्ने दाबी गरिहरेको छ । यद्यपि, प्रदर्शनका समाचार संकलन गर्ने पत्रकारहरूमाथि दुव्र्यवहार बढिरहेको छ ।

हालैका दिनहरूमा आन्दोलन र विरोध प्रदर्शनका समाचार संकलन गर्ने क्रममा दर्जनौ पत्रकारहरू कुटिएको, पक्राउ परेको र समाचार संकलन गर्नबाट वञ्चित गरिएका समाचारहरू आइरहेका छन् । जुन १९९० को दशकमा पहिलोपटक शासन गरेको तालिबानले यस्तो विरोध हुन्छ भन्ने सोचेका थिएनन् ।

विदेशी मिडियाका पत्रकारभन्दा पनि अधिकांश अफगान पत्रकाररूलाई तालिबानले दुव्र्यवहार गरेको छ ।

हालैका प्रदर्शनहरूले तालिबानले सत्ता हातमा लिएपछि गरेको अधिक सहनशील शासन गर्ने र देशको शान्ति र समृद्धिकाको लागि काम गर्न गरेको प्रतिवद्धता प्रारम्भिक परीक्षण हुँदैछ ।

इटिलात रोज पत्रिकाका प्रमुख जाकी दर्याबीले तालिबानको भनाइ खोक्रो रहेको बताए ।

“धरातलीय यथार्थलाई हेर्दा यो आधिकारीक बोली वास्तविकतादेखि पूरै फरक छ,” उनले भने । एएफपीबाट ।

शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.