• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

सुरक्षा दिन जादा आफै मृत्युको मुखमा एक महिला प्रहरी , घाँटीमा छुरा प्रहार गरि हत्या


विराटनगर : आफ्नै छात्रामाथि बलात्कार प्रयास गरेका शिक्षकलाई पक्राउ गर्न ढिलो हुँदा मोरङको लेटाङमा आइतबार भएको झडपमा एक प्रहरीको मृत्यु भएको छ ।

आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ।

छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जीसीले जानकारी दिए। ‘उहाँको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु हुन पुग्यो। यसबारे हामी अनुसन्धान गर्दैछौं,’ उनले भने। मृतकको शव अहिले काेशी अस्पतालमा राखिएको छ ।

लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै दिउसो १ बजेतिर आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटनापछि शिक्षक विद्यालयमै रहेको सूचनापछि आक्रोशित स्थानीयले घेराउ गरेका थिए ।

उग्र भएको भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको सानो संख्या केहि ढिलो गरि पुगेको थियो । आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन ।

विद्यालय तनावग्रस्त बनेपछि विराटनगरबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो। स्थानीय जनप्रतिनिधि पनि विद्यालय प्रवेश गरेको समयमा आक्रोशित भीडले विद्यालयमा आगजनी गरेको थियो ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले फेरि आक्रमण गरेको थियो । सो क्रममा मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जीसीसहित केहि प्रहरी र केहि प्रदर्शनकारी घाइते भएका छन ।

घटनामा घाइते एक महिला प्रहरीको अवस्था गम्भीर रहेको सुरक्षा स्रोतले जनाएको छ । स्थानीयका अनुसार ती महिला प्रहरीको घाँटीमा छुरा प्रहार भएको छ।

प्रहरी स्रोतका अनुसार चैत ४ अर्थात तराईको होलीका दिन ती शिक्षक छात्राको घरमा पुगेका थिए । घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए । पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफुलाई दुव्र्यवहार गरेको छात्राले बताएकी छन् ।

‘गएको तिहारदेखि यता उहाँ पटक–पटक हाम्रो घरमा आउने, मसँग पानी माग्ने र दुव्र्यवहार गर्ने गर्नुहुन्थ्यो,’ छात्राको भनाइ उधृत गर्दै लेटाङ ५ का वडाध्यक्ष भिम सुर्य मगरले भने ‘ती नानाीले यसो भनेपछि हामीले प्रहरी बोलाएका हौं । प्रहरीले लगेर छानबिन गरोस् भन्ने थियो । तर, स्थानीयबासी र विद्यार्थीलाई प्रहरीले आरोपित बचाउन लगेको भन्ने सोच्नुभयो । फलतः झडपको अवस्था आयो ।’

प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षको मोटरसाइकल जलाइ दिएका छन् । आरोपी प्रहरी नियन्त्रणमा छन। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घाइतेहरु अस्पताल पुगेपछि अवस्थाबारे जानकारी हुने बताए ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केहि राउण्ड हवाई फायर गरेको थियो। घटनाबारे प्रहरीले बिस्तृत जानकारी दिएको छैन।

  • घाँटीमा
  • छुरा प्रहार
  • महिला प्रहरी
सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.