• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

दुईथरी लाइसेन्सको व्यवस्था गर्दै सरकार, महासंघको विरोध


काठमाडौं : सरकारले अब दुई प्रकारको लाइसेन्स प्रयोगमा ल्याउने तयारी गरेको छ । पछिल्लो समय सार्वजनिक बस र स्कुल बसको दुर्घटना बढ्दै गएपछि सरकारले व्यक्तिगत र व्यवसायिक गरी भिन्न प्रकारको लाइसेन्स जारी गर्ने तयारी गरेको हो ।

जसअनुसार व्यक्तिगत लाइसेन्स प्रयोग गरेर व्यक्तिगत बाइक र गाडी चलाउन पाउँछन् भने, सार्वजनिक बस, स्कुल बस, पठाओ/इन्ड्राइभजस्ता राइड सेयरिङ एपवाला चालकलाई व्यवसायिक लाइसेन्स दिने गरी यातायात व्यवस्था विभागले तयारी थालेको छ ।

त्यसका लागि सवारी तथा यातायात ऐन २०४९ लाई संशोधन गर्न लागिएको छ । विभागले लाइसेन्स निकालेको समय र अनुभवको आधारलगायतलाई आधार मानेर व्यवसायिक लाइसेन्स दिने छ । त्यसका लागि कक्षा ८ पास गरेको हुनुपर्नेछ । यात्रुवाहक सवारीसाधनका चालकलाई थप जिम्मेवार बनाउन व्यवसायिक लाइसेन्सको व्यवस्था गर्न लागिएको हो ।

अहिले लिएको लाइसेन्सलाई अनुभव र समयको आधारमा पनि व्यवसायिक लाइसेन्समा परिणत हुने छ । सुरूमा नै यो लाइसेन्स भने पाइने छैन । शारीरिक अवस्था ठिक नभएका सवारी चालकले व्यवसायिक लाइसेन्स पाउँदैनन् भने, ट्राफिक नियम धेरै उल्लंघन गरेकाले व्यक्तिगत लाइसेन्स व्यवसायीमा परिणत गर्न पाउँदैनन् । आपराधिक कार्यमा संलग्न भएकाले पनि व्यवसायिक लाइसेन्स पाउँदैनन् ।

२०८० माघ १८ गते मन्त्रालयमा बुझाइएको यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनमा व्यवसायी र गैरव्यवसायिक लाइसेन्सको प्रस्ताव गरिएको छ । यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको ७ सदस्यीय समिति बनाइएको थियो ।

१ वर्षको अध्ययनपछि बुझाइएको प्रतिवेदनमा चालक अनुमति पत्र व्यवस्थापनको कार्य योजनामा परिकल्पना वा लक्ष्यमा दुई प्रकारको लाइसेन्स वितरण गर्न सकिने उल्लेख छ ।

सँगै फरक परीक्षा प्रणाली र नवीकरण प्रणाली प्रयोग गर्न सकिने पनि सुझाव दिइएको थियो । सार्वजनिक सवारी लाइसेन्सधारीलाई तोकिएको पोसाक र परिचयपत्र अनिवार्यको व्यवस्था गर्न भनिएको छ ।

साधारण सवारी चालक अनुमति पत्रको बहाल अवधि १० वर्ष तर चालकको स्वास्थ्य तथा मानसिक अवस्थाको आवधिक परीक्षण सुनिश्चित गर्न व्यावसायिक चालक अनुमति पत्रको बहाल अवधि ५ वर्ष बनाउनुपर्ने उल्लेख छ ।हाल सार्वजनिक सवारी चलाउने र अन्य प्रकारका सवारी चलाउने चालकका लागि एकैखाले सवारी चालक अनुमति पत्र परीक्षा प्रणाली, अनुमति पत्र र नवीकरण प्रक्रिया अभ्यासमा रहेको छ ।

यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने त्यसको विरोध गरेको छ । राज्यले दुई प्रकारको लाइसेन्स भनेर सवारी चालकलाई दुःख दिन खोजेको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाको जिकिर छ ।

उनले भने–‘एक पटक कारवाहीमा परेका सवारी चालकले व्यवसायी सवारी चालक अनुमति पत्र लिन नपाउने भन्ने विषय नै गलत रहेको छ । चालकलाई विभिन्न नीति नियम थपेर दुःख दिँदा समस्या पर्छ । राज्यले पैसा उठाउनका लागि दुई प्रकारको सवारी चालक अनुमति पत्र दिन लागेको हो भने यो गलत छ । निजी क्षेत्रले सार्वजनिक सवारी ठूलो लगानी गरेको छ । त्यो कुरा राज्यले बुझ्नुपर्छ ।’

यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले पनि सार्वजनिक सवारी चालकलाई जिम्मेवार बनाउन दुई प्रकारको लाइसेन्स कार्यान्वयनमा ल्याउने कानून निर्माणको काम सुरू भएको बताए ।

पोखरेलले भने–‘लाइसेन्स लिएको समय, कारवाहीमा परेको विवरण र ट्राफिक नियमलाई ध्यानमा राखेर नै व्यवसायिक लाइसेन्स वितरण हुन्छ । सवारी तथा यातायात ऐन, २०४९ लाई संशोधन गरेर व्यक्तिगत र व्यवसायिक लाइसेन्सको व्यवस्था गर्न लागिएको हो । यसले सार्वजनिक सवारी दुर्घटनालाई न्यूनीकरण गर्छ ।’

 

सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.