• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

प्रेस चौतारी नवलपुरद्वारा पत्रकार पोखरेल र गुरुङ सम्मानित


 नवलपुर, २८ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपुरले आफ्नो अधिवेशन उद्घाटनका क्रममा राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार टेकराज पोखरेल ‘आनन्द’लाई सम्मान गरेको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विद्रोही गिरीले आफ्ना स्वर्गीय पिता कृष्णराज गिरीको स्मृतिमा स्थापना गर्नुभएको रु १० हजार राशिको ‘कृष्णराज गिरी विकास पत्रकारिता पुरस्कार’बाट राससकर्मी पोखरेल सम्मानित हुनुभएको हो । प्रमुख अतिथि गुरुङसहित, नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महत, प्रेस चौतारी नेपाका महासचिव हीरामान लामा, पुरस्कार स्थापनाकर्ता विद्रोही गिरी, प्रेस चौतारी नवलपुर अध्यक्ष शालिकराम कोइरालासहितले पोखरेललाई दोसल्ला ओडाइ प्रमाणपत्र र नगदबाट सम्मानित गर्नुभएको थियो । त्यस्तै, अधिवेशन उद्घाटनकै क्रममा लमजुङका पत्रकार आश गुरुङलाई रु १० हजार राशिको खोज पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमालदेव पंगेनीले आफ्ना स्वर्गीय हजुरबुबा कुलप्रसाद पंगेनी, स्वर्गीय हजुरआमाहरु कुन्तादेवी र कुविजा पंगेनीको स्मृतिमा स्थापना गर्नुभएको खोजपत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी गुरुङलाई सम्मानित गरिएको हो । अधिवेशन उद्घाटनका क्रममा पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले नकारात्मकलाई हटाउँदै सकारात्मक ढङ्गबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आज कावासोतीमा सुरु भएको प्रेस चौतारी नेपाल नवलपुरको सातौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै गुरुङले सरकारले अराजकता रोक्न सामाजिक सञ्जाल विधेयक ल्याएको बताउनुभयो । “सकारात्मकलाई अगाडि बढाउनुपर्छ, नकारात्मकतालाई हामीले चिर्नुपर्छ” उहाँले भन्नुभयो, “केही भएन भन्ने निराशा फैलाउने काम बन्द गरिनुपर्छ ।” गाउँ रित्तिए भन्दै नकारात्मकता बढाउनतर्फ मान्छेहरु लागीरहेको भन्दै गुरुङले गाउँ रित्तिएर नै शहरको विकास भएको बताउनुभयो । अहिले भएका नयाँ बजारको विकास र नयाँ केन्द्र स्थापना हुनु भनेकै गाउँ रित्तिनु भएको बताउनुभयो । निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्र अहिले भत्किएर समाजवादतर्फको अर्थतन्त्रमा अगाडि बढेको उहाँको भनाइ छ । “हामीहरु समाजवादको यात्रामा लाग्दैगर्दा गाउँहरु विकसित हुनु राम्रो कुरा हो” उहाँले भन्नुभयो, “पुरानो अर्थतन्त्र भत्किदै जानु भने मुलुकमा परिवर्तन हुँदै जानु हो ।” पुराना अर्थतन्त्र समाप्त भएर एउटा विशाल र समृद्धिको अर्थतन्त्रमा लिएर अगाडि बढ्ने राष्ट्रिय चाहना भएको उहाँको भनाइ छ । कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव शुष्मा पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी, नेकपा एमाले गण्डकी प्रदेश सदस्य विद्रोही गिरी, एमाले नवलपुर उपाध्यक्ष यमुनाथ आचार्य, प्रेस चौतारी नवलपरासीका संस्थाापक अध्यक्ष होमनाथ जैसी, एमाले नवलपुरका प्रचार विभाग प्रमुख सागर पोखरेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष रमेश बस्ताकोटी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरु तिलकराम रिमाल, हिमालदेव पंगेनी, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल, नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटालगायतले मन्तव्य राख्नुभएको थियो । प्रेस चौतारी नवलपुरका अध्यक्ष शालिकराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दयाराम आचार्यले स्वागत गर्नुभएको थियो ।

सोमबार, माघ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.