• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

अष्ट्रेलियाको विद्यार्थी भिसा रद्ध हुनबाट जोगाउन यी कागजात अनिवार्य !


काठमाडौं- अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई दिदैआएको भिसामा थप कडाई गर्ने भएको छ । नयाँ दिल्लीस्थित अष्ट्रेलियन हाईकमिसनको प्रतिनिधिमण्डलले नेपालमा आएर यस्तो जानकारी गराएको हो ।

अष्ट्रेलिया सरकारको प्रतिनिधि मण्डलले केहीदिनअघि मात्रै नेपालमा एकदिने कार्यशालाको आयोजना गरेर विदेशी विद्यार्थीहरूको लागि शैक्षिक सेवा (ईएसओएस) सम्बन्धी नीति, नेपाली विद्यार्थीसँगै शैक्षिक मरामर्शदाताले सतप्रतिशत भिसा प्राप्तिका लागि गर्नुपर्ने सुधारका बिषयमा छलफल गरेको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले जानकारि दिनुभयो ।

कार्यशालामा दक्षिण एशिया, अष्ट्रेलियन उच्चायोग नयाँ दिल्लीस्थित शिक्षा र अनुसन्धान विभागका काउन्सिलर ब्रेट गाल्ट स्मिथ, नयाँ दिल्लीस्थित अष्ट्रेलियाली उच्चायोग गृहमामिला विभाग प्रमुख एन्ड्रयू ड्वायर, गृह मामिला विभाग सेकेण्ड सचिव एन्ड्रयू ड्वायरले बढी भिसा रद्ध भएको कारण र भिसा आवेदनमा गर्नुपर्ने सुधार बारे जानकारि गराउनुभएको थियो ।

यस्ता छन् नेपाली विद्यार्थीको भिसा रद्ध हुने कारणहरु
अष्ट्रेलिया सरकारको उच्चस्तरिय प्रतिनिधि मण्डलका अनुसार नेपाली विद्यार्थीको बढी आवेदन रद्ध हुनुमा भिसा आवेदनको प्रस्तावको विश्वशनियतामा उब्जिएको शंका, अन्तवार्ताका क्रममा चिट गरिएको र भीडियो अन्तवार्तामा विद्यार्थीबाट गरिएको अस्विकार, आर्थिक स्थिति बारे पेश गरिएका कागजात र आम्दानीको विश्वशनियतामा उब्जिएका आशंकासँगै बैंकमा राखिएको शैक्षिक ऋण भिसा लाग्नासाथ निकालिनु मुख्य रहेका छन् । अष्ट्रेलियामा जतिपनि कामको छुट भएकाले कतै नेपाली विद्यार्थीहरु गुणस्तरिय शिक्षाका लागि नभई कामकै लागि त अष्ट्रेलिया आउन लागेका त होइनन ? भन्ने प्रश्न समेत उच्च आवेदनबाट उब्जिएको छ ।

भिसामा नीतिगत कडाई
अष्ट्रेलिया सरकारले अष्ट्रेलियाको उच्च शिक्षा सबैका लागि होइन भन्ने नीति लिएको भएपनि पछिल्ला केही बर्षमा आवेदक अधिकांश विद्यार्थीले सहज रुपमा भिसा पाउनेगरेका थिए । आवेदन बढेसँगै अष्ट्रेलिया सरकारले सबै कोणबाट सक्षम अर्थात भाषा राम्रो भएका, सहि सोच र आर्थिक रुपमा सबल व्यक्तिहरुलाई विद्यार्थीलाई मात्रै भिसा दिन योग्न मान्दै कडाई गर्न थालेको छ ।

योग्य विद्यार्थीका लागि यी कागजातको खोजी गरिदै
–भिसा आवेदनको प्रस्ताव सकभर विद्यार्थी आफैले लेखेको हुनुपर्ने, अंग्रेजी भाषा र अन्तवार्तामा दक्षताको खोजी ।

–भिडियो अन्तवार्ता समेत हुनसक्ने अवस्थामा विद्यार्थी अग्रसर भएर सामना गर्नसक्ने हुनुपर्ने ।

– आर्थिक कागजातहरु पेस गर्दा प्रमाणसहितको कागजातको आवश्यकता (व्यवसायिक आम्दानी भए बैंकमा कारोबार भएको र ट्याक्स तिरेको कागजात, भाडा वा ऋण भए यो को विश्वासिलो कारोबार र कागजात, जग्गा बेचबिखन भएमा जग्गाधनी प्रमाण पत्र, तिरोसँगै कारोबारको विश्वासयोग्य कागजात, कागजात पेश गर्दा छुटाउने भन्दा पनि सबै आवश्यक कागजात विश्वासिलो आधारसहित अनिवार्य पेश गर्नुपर्ने ।

– कम्तिमा ६ महिनासम्म लगातार आउने बैक खाताको स्टेटमेन्टसँगै भिसा लाग्नासाथ खाताको पैसा निकाल्ने प्रबृत्तिको सुधार भिसा प्राप्तीमा खोजिएको छ ।

विगतमा विद्यार्थी भिसालाई केही सहज बनाएको अष्ट्रेलिया सरकारले अब पढ्ने र पढ्न चाहाने विद्यार्थीलाई प्राथमिकतामा राखेको छ । मार्च, अप्रिल र मे मा भोकेसनल अर्थात डिप्लोमा, सर्टिफिकेट र एडभान्स डिप्लोमा परेको समग्र आवेदन मध्ये ३० प्रतिशत नेपाली विद्यार्थीको पाइएसँगै कामकै लागि विद्यार्थी भिसालाई दुरुपयोग गरिएको त छैन ? भन्नेमा समेत अष्ट्रेलिया सरकार चनाखो बन्दा नेपाली विद्यार्थीको भिसादर खस्किएको छ ।

शिक्षा प्रदायक नेपाली एजेन्टहरुसँग छिट्टै अनलाईन परामर्श गर्ने बताएको अष्ट्रेलियाको उच्चस्तरिय प्रतिनिधि मण्डलले बैधानिक कागजातसहित पढ्ने सोच भएका इमान्दार विद्यार्थीका लागि कुनै समस्या नहुने, फेक कागजातका आधारमा कामका लागि आउन चाहानेहरुमात्रै निसान बनाइएको बताएको छ ।

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु
प्रधानमन्त्री ओली आज स्पेन जाँदै

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.