• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

निर्दयी क्रुर श्रीमानले श्रीमतीको मलद्वारबाट लौरो घुसाएर यौनाङ्गबाट निकालिदिएपछि


चितवन : भरतपुर अस्पतालको सर्जिकल वार्डको बेड नम्बर ५२ मा एउटी अधबैँशे छटपट गरिरहेकी छिन्। हातमा डाक्टरले मगाएको ९ थरी औषधिको स्लिप बोकेर एउटी महिला यताउता गरिरहेकी थिइन्। अरु दुई महिला र एक पुरुष पनि के गर्ने के नगर्ने भावमा थिए।

नर्स आइन्। अनि सोधिन्, ‘औषधी ल्याउनुभयो ?’ ति महिलाले आफ्नो हातमा हेरिन् अनि भनिन्, ‘पैसा छैन कसरी ल्याउने औषधी ?’ यो अवस्था बिहीबार साँझ श्रीमानले मलद्वारबाट लौरो घुसाएर यौनाङ्गबाट निकालिदिएपछि सख्त घाइते भएकी गीता माझीको हो। उनकी देउरानी उमा माझी हातमा औषधिको स्लिप बोकेर यताउति गरिरहेकी थिइन्।

बिहीबार बेलुका घरमा खाना खाने क्रममा श्रीमानले निर्घात कुटेर पनि नपुगेपछि उनको मलद्वारमा आगो बाल्न अँगेना छेवैमा भएको दाउरा घुसाइदिएका थिए। पीडाले गीता चिच्याएपछि छिमेकीले चाल पाए। वरपर भेला भए। त्यसपछि घरको ढोका खोलेर गीताका श्रीमान् रामचन्द्रले उनलाई आँगनमा फालिदियो।

गीताकी छिमेकी तथा स्थानीय जनप्रतिनिधि ज्ञान्ती पाशवानले घटनाबारे विस्तृतमा भनिन्, ‘गीता चिच्याएको सुनेपछि हामी आइपुग्यौँ। अनि रामचन्द्रले ढोका खोलेर निस्किने बित्तिकै गीतालाई आँगनमा फालिदियो। मैले नै च्याप्प समातेँ। लाइट बालेर गुप्ताङ्ग हेरेँ। रगत थामिसक्नु थिएन। मासुको डल्लो नै बाहिर निस्किएको रहेछ। मैले नै टालो लगाएर त्यो मासुको डल्लो अलिकति भित्र घुसाइदिएँ। सबै गाउँले मिलेर रामचन्द्रलाई बाँधेर राख्यौँ। अनि पुलिस बोलाएर पठाइदियौँ। उमालाई चाहिँ एम्बुलेन्स बोलाएर हामीले लिएर अस्पताल आयौँ।’

गीतालाई रामचन्द्रले कुटपिट गरेको बिहीबार पहिलो घटना भने होइन। उनीहरु सुकुम्बासी हुन्। बिहान बेलुकाको मजदुरीले जीवन निर्वाह गर्ने गरेका छन्। तीन छोरीमध्ये एकको विवाह भयो। बाँकी दुई पनि आफै काम गरेर आफ्नो जीवन चलाउँछन्।

गीता र रामचन्द्र बस्दै आएका खैरहनी १० का वडा सदस्य ज्ञान्तीले अझ थपिन्, ‘दिनभर गीता मजदुरी गरेर आउँथिन्, लोग्ने चाहिँ उनैले कमाएकोमा मोज गर्थ्यो। अनि कता कता जान्छे भन्दै शंका गर्थ्यो।’

ज्ञान्तीकै अनुसार हरेक दिन गीताको कुटपिटबाट अनुहार सुन्निएको हुन्थ्यो। कति पटक त आफूले घर गएर रामचन्द्रलाई श्रीमती नकुट्न दबाब दिँदै एकदुई झापड समेत लगाउने गरेको उनले बताइन्। गीता भने श्रीमान छोड्न सक्थिनन्।

बिहीबार पनि श्रीमान श्रीमती दिनभर सँगै थिए। दिउँसो सँगै माछा मार्न गए। गीताकी देउरानी उमा माझीका अनुसार बेलुका उनी पसल जाँदा गीताका दम्पतीले त्यही पसलबाट एक किलो चामल र आधा किलो मासु पनि किनेका थिए। तर, त्यो मासुभात खान भ्याए भ्याएनन् थाहा छैन। श्रीमतीसँग कमाएको पैसा माग्दा उनले नदिएपछि झगडा शुरु भएको अनुमान छ।

आज कमाएको आजै सक्ने गीतासँग उपचारको लागि रकम छैन। भरतपुर अस्पताल आउने बित्तिकै अस्पतालको सामाजिक सेवा इकाइको सिफारिसमा उनको प्रारम्भिक उपचार गरिएको थियो।

यद्यपि हिंसाबाट प्रभावित महिलाका सेवाको लागि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) ले गीताको निःशुल्क उपचार गरिदिनुपर्ने कानूनी व्यवस्था छ। भरतपुर अस्पतालमा पनि ओसीएमसी सेवा छ। तर, उक्त ओसीएमसी हेर्ने इकाइले बिहीबार दिउँसो तीन बजेसम्म पनि उनको बारेमा रेकर्ड समेत राखेको थिएन।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई आइएनएसले औषधि खरिदमा ओसीएमसीको समन्वय किन भएन भनेर प्रश्न गरेपछि उनले ओसीएमसीको प्रकृयाबाट उनको सम्पूर्ण उपचार निःशुल्क हुनेगरि प्रक्रिया थालिहाल्ने बताए।

लोग्नेले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ। उनको उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको छ। कम्मरको हड्डी भाँच्चिएको छ।

घाउको संक्रमण रोकिएपछि जतिसक्दो चाँडो शल्यक्रिया गरेर उनको उपचार गर्ने तयारी भएको डाक्टर न्यौपानेले बताए। उपचारपछि पनि गीतालाई दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता रहने उनले बताए।

यता जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी हिरासतमा रहेका गीताका श्रीमान ४० वर्षका रामचन्द्रलाई अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको जानकारी दिएको छ। (श्रोत : आइएनएस–स्वतन्त्र समाचार)

  • निर्दयी क्रुर श्रीमान
  • यौनाङ्गबाट निकालिदिएपछि
  • लौरो घुसाएर
  • श्रीमतीको मलद्वारबाट
शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.