• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

एमाले प्रवेश गरेकाे महिनादिन नपुग्दै नायिका मानन्धरले पार्टी छाेड्दै, यस्ताे कारण ?


काठमाडौँ  : अभिनेत्री करिश्मा मानन्धरले गएको चैत ८ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सदस्यता लिइन्। यसपछि उनी आधिकारिक रुपमा राजनीतिमा होमिइन्। एमालेभन्दा अगाडि उनी डा. बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको तत्कालीन नयाँ शक्ति नेपाल, पार्टीमा आवद्ध थिइन्। पछि पार्टीमा आफ्नो उपस्थितिको विषय खड्किएपछि उनले राजनीतिबाट टाढा रहने र आफ्नो छुटेको पढाइलाई निरन्तरता दिने निर्णय गरिन्।

मैतिदेवीस्थित त्रिवेणी पब्लिक सेकेन्डरी स्कुलमा ७ कक्षामा भर्ना भएर कक्षा १० सम्म अध्ययन गरेकी करिश्माले मानविकी संकायमा प्लस टु उत्तीर्ण गरिन्। हाल  मानन्धरले आफूलाई मूलधारको राजनीतिमा उभ्याएकी छन्।

एमाले पार्टी प्रवेशको उद्देश्य र राजनीतिमा उनको उपस्थिति कुन रुपमा अगाडि बढ्ला, साधारण सदस्य बनेर एमालेमा प्रवेश गरेकी मानन्धरको पार्टीभित्र रहनुको उद्देश्य के हो? यसबारे उनले देशसञ्चारसँग कुराकानी गरेकी छन्।

१. पार्टी प्रवेशपछिको दुई साता कस्तो भइरहेको छ?

अहिले म पार्टीका साथीहरुसँग परिचयको क्रममा छु। विभिन्न कार्यक्रममा जाने गरेको छु। ताकि धेरै भन्दा धेरै साथीहरुसँग भेटघाट होस्।

२. तपाई पहिला नयाँ शक्ति नेपालमा आबद्ध हुनुहुन्थ्यो, अहिले एमाले प्रवेश गर्ने सन्दर्भ कसरी मिल्यो?

मान्छेले जो सोच्छ, त्यही अनुसारका लक्ष्य आफूतर्फ आकर्षित हुन्छ। जस्तो तपाईँलाई यदि चित्रकला सिक्न मन छ भने तपाईँले बाटोतिर हेर्दा चित्रकला सिकाउने ठाउँ देख्नुहुन्छ।

राजनीति पनि मेरो लागि त्यही हो, मैले नयाँ शक्ति नेपाल, पार्टीमा आवद्ध भएपछि राजनीतिमा जुन तरिकाले लागेको थिए, त्यसरी लाग्ने हैन रहेछ, मैले धेरै कुरा बुझ्न जान्न आवश्यक रहेछ भन्ने थाहा पाएँ। आफूमा धेरै सीप विकास गर्नुपर्ने रहेछ भन्ने मनन भयो। त्यसपछि मैले केही समय ग्याप लिए।

अहिले मलाई कुनै राजनीतिक पार्टीको सिद्धान्तसँग आबद्ध भएर अगाडि बढ्न जरुरी छ भन्ने लाग्यो र सही समय पनि यही भयो।

३. सही समय भनेको?

आफू तयार हुन हो।

जस्तो आफूलाई राजनीतिक विषयमा सोधिएका कुरा र तपाईले राजनीतिमा लागेर गर्न खोजेको कुरा स्पष्ट हुनुपर्‍यो। तपाईँसँग सोधिने कुराको जवाफ हुनुपर्‍यो र राजनीतिमा किन आएको भनेर पनि प्रस्ट हुनुपर्छ। यी सबै कुराले गर्दा म अहिले तयार भएजस्तो लाग्यो।

४) तपाईँले चाहनुभएको चाहिँ के हो ?

एकजना शुभ चिन्तकले मलाई बिहानमात्र सोध्नुभएको थियो, तपाईँ आफूमा यति सक्षम र बलियो स्थान भइसकेको मान्छे यो सबै छोडेर आफूलाई गौण बनाउनु भएको?

मैले म आफू यसमा धेरै खुसी भएको बताएँ। किनकि मैले ३० वर्षको कला यात्रा र व्यक्तिगत जीवन मेरो लागि धेरै कुरा गरिसकेँ। अब म अरुको लागि केही गर्न चाहन्छु। त्यसैले म गौण बन्दा केही छैन।

मेरो उद्देश्य के हो भने हाम्रो मुलुकमा महिला पछाडि छन्, महिलाको कार्यक्रममा महिलालाई ३३ प्रतिशत हैन, ५० प्रतिशत नै आरक्षण चाहिन्छ भन्ने सुन्छु। तर भनिए अनुसार ३३ प्रतिशत सहभागिता छ त ? त्योतर्फ पनि ध्यान जानुपर्‍यो।

अहिलेको लागि तपाई मलाई कलाकार भनेर बिर्सनुस्, नेपाली नारी मात्र मान्नुहोस्। मेरो सहभागिता राजनीतिसँग छ। त्यसरी सोध्दा सकारात्मक नै मान्नुपर्छ।

५) कलाकारितामा तपाईँको सक्रिय ३० वर्ष थियो। तपाईँ निर्माणको काममा पनि लाग्नु भएको थियो, त्यही क्षेत्रको विकासको लागि किन नलाग्नुभएको?
यो क्षेत्रलाई अगाडि बढाउन नलागेको भए, मलाई कसैले पनि अहिलेसम्म करिश्मा मानन्धर भनेर सम्झिँदैन थिए। हामी सबै कलाकार सबै यो क्षेत्रलाई अगाडि बढाउन नै लागिपरेको हो।

  • एमाले
  • नायिका मानन्धर
  • पार्टी छाेड्दै
मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
केपी ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली
आहा ! ढोरपाटन
एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी
गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.