• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

केजीएफ- २ को पूरै सम्पादन १७ वर्षे किशोरको हातमा


केजीएफ च्याप्टर २ को चौतर्फी वाहवाही छ । फिल्मले संसारभरबाट पहिलै दिन १ सय ३५ करोडको व्यापार गरेको छ । फिल्मका कलाकारको मात्र होइन, प्राविधिकहरूको पनि धेरैले तारिफ गरेका छन् । खासगरी फिल्मको सम्पादन धेरैले मन पराएका छन् । र, यसकाे श्रेय जान्छ, भारत कर्नाटकका २० वर्षे उज्ज्वल कुलकणीलाई ।

केजीएफ २ फिल्मकाे सफलतापछि कलाकारसँगै सम्पादक उज्ज्वल पनि यतिबेला चर्चामा छन् । पहिला उनी युट्युबका लागि टेलिफिल्महरू सम्पादन गर्थे । फिल्म एडिटिङबारे उनले भारतीय मिडियामा भनेका छन्, ‘म यश सरकाे प्रशंसक हुँ । कहिलेकाहीँ म उहाँलाई भेट्न जान्थेँ । केजीएफ १ बाट म प्रभावित थिएँ । त्याे बेला म पीयूसीमा पढिरहेकाे थिएँ । मेरा ठूल्दाइ विनयले मलाई सिनेमा जगतमा आउन सुझाव दिएका थिए ।’ उज्ज्वलले आफूलाई फिल्म सम्पादनमा रूचि भएकैले याे विधा चुनेकाे बताए ।

यसरी मिल्याे केजीएफमा काम

लिखिता रेड्डी केजीएफ २ का निर्देशक प्रशान्त नीलकी श्रीमती हुन् । उज्ज्वलले सम्पादन गरेका केही टेलिफिल्म लिखिताले युट्युबमा हेरेकी थिइन् । र, ती भिडियाेहरू प्रशान्तलाई देखाइन् । उज्ज्वलकाे कलाले प्रशान्तकाे पनि ध्यान खिच्याे । त्याे बेला उज्ज्वल १७ वर्षका थिए ।

उज्ज्वल ब्लकबस्टर फिल्मकाे फ्यान एडिटिङ पनि गर्थे । उनी फिल्मकाे आफ्नाे ‘कट’ आफैँ बनाउँथे । उज्ज्वलले केजीएफ २ का लागि यस्तै एक सम्पादन गरे । प्रशान्तले उज्ज्वलकाे काम मन पराए । अनि केजीएफ च्याप्टर २ का लागि टीजर कट बनाउन उज्ज्वललाई टिममा लिए ।

 

केजीएफका यशको संघर्ष, हिरो बन्न गाउँबाट भागेर बेङ्लुरु पुगे, गोजीमा थियो मात्र तीन सय रुपैयाँ

उज्ज्वलले सम्पादन यति राम्राे गरिदिए, प्रशान्तले पूरै फिल्मकाे सम्पादन १७ वर्षे किशाेरकाे हातमा सुम्पिए । आफूलाई निर्देशक प्रशान्तले विश्वास गरेकाे उज्ज्वल बताउँछन् ।

किशाेर सम्पादककाे सटिक कट्सलाई दर्शकले खुबै रूचाएका छन् । केजीएफ च्याप्टर २ जस्ताे फिल्मलाई कुनै टाइमलाइनमा कथाका साथ बनाइन्छ । आमरूपमा सम्पादकहरूका लागि याे निकै कठिन हुने फिल्मका प्राविधिक विश्लेषकहरू बताउँछन् । तर, किशोर अवस्थाका, फिल्ममा करिअर सुरु गर्दै गरेका भए पनि उज्जवलले यसलाई राम्राेसँग सम्हाले ।

उज्ज्वलका अनुसार निर्देशक प्रशान्तकाे सहयाेगबाटै उनले प्रत्येक दृश्यकाे सम्पादन गरेका हुन् । ‘म अहिले २० वर्षकाे भएँ । तीन वर्षसम्म मैले केजीएफ च्याप्टर २ सिनेमाकाे सम्पादनमै काम गरे । प्रशान्त सरले मलाई कुनै दुःख आइपर्न दिनुभएन । याे मेराे भाग्य हाे । उच्च शिक्षा पूरा नगरेका कारण बुवाआमा मसित रिसाएनुभएकाे थियाे । तर अहिले केजीएफ रिलिजसँगै मानिसहरूले मेराे कामकाे प्रशंसा गर्न थालेपछि याे देखेर उहाँहरू पनि खुसी हुनुभएकाे छ ।’

उज्ज्वलको प्रशंसायोग्य सम्पादनलाई देखाउँदै कतिपयले हिन्दी सिनेमाका निर्देशकहरूप्रति कटाक्ष गरेका छन् । दक्षिण भारतीय सिनेमा भएकैले उज्ज्वलले आफ्नो क्षमता देखाउने मौका पाएको उनीहरूको तर्क छ । कसैले चाहिँ क्षमता कुनै उमेर, प्रमाणपत्रका आधारमा नहुने भन्दै उज्ज्वलको प्रशंसा गरिरहेका छन् ।

केजीएफ २ मूलरूपमा कन्नड फिल्म हाे । केजीएफकाे पहिलाे भाग सन् २०१८ मा कन्नड र हिन्दीसमेत कैयाैँ भाषामा रिलिज भएकाे थियाे । फिल्मलाई दर्शकले खुबै मन पराएका थिए । केजीएफ-२ मा सुपरस्टार यशसँगै सञ्जय दत्त, रवीना टन्डन र प्रकाश राज मुख्य भूमिकामा छन् ।

  • केजीएफ
  • च्याप्टर-२
शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट
नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै,पाँच व्याण्डसहित भव्य कन्सर्ट

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.