• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

प्रिन्सिपल पाण्डे र १७ वर्षीया छात्राबिच ललाईफकाई यौन शोषण ! भेटियो यस्ता अश्लिल म्यासेज र तस्विरहरु


काठमाडौं, असोज २३ – कोहलपुरस्थित दीपज्योति सेकेन्डरी स्कुलका प्रधानाध्यापक दमन पाण्डेले १७ वर्षीया छात्रा एलिसा शाहलाई वर्षौँदेखि दुर्व्यवहार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ।

प्रहरीका अनुसार प्रिन्सिपल पाण्डेले बाल्यकालदेखि उक्त स्कुलको होस्टेलमा बसेर पढेकी शाहलाई त्यसबेला देखि नै उनले अश्लील म्यासेज र तस्बिर पठाएको प्रहरीको अनुसन्धानमा खुलेको हो ।

गत साता शाह आफ्नै घरमा झुण्डिएर देहत्याग गरेको अवस्थामा भेटिएकी थिइन् । घटनापछि उनको मोबाइलमा पाण्डेले अश्लील एसएमएस पठाउने गरेको पाएपछि परिवार र आफन्तले उजुरी दिएका थिए । प्रहरीले एलिसाले लेखेको सुसाइड नोट पनि बरामद गरेको छ, जसमा हजुरको नाक काट्नुभन्दा बरु म आफैं मर्छु’ भनिएको छ ।

नोटको अन्तिममा उनले आफूलाई धेरै डर लागिरहेको पनि उल्लेख गरेकी छन् ।‘नोटबाट उनले स्वेच्छाले नभई कसैका कारणले देहत्याग गर्नेसम्मको परिस्थिति सिर्जना भएको देखियो,’ एलिसाका बुबा वकिलजंगले दिएको किटानी जाहेरीमा भनिएको छ, ‘कसैसँग सम्बन्ध रहेको हुनसक्ने देखिएपछि फेसबुक एकाउन्ट खोलेर हेरेका थियौं ।’

म्यासेन्जरमा भएको कुराकानी हेर्दा एसईई दिएको विद्यालयका प्रधानाध्यापक पाण्डेसँग लामो समयदेखि ‘अस्वाभाविक कुराकानी’ भएको देखिएको उनको भनाइ छ । एलिसा कक्षा ११ मा रामजानकी उच्च माविमा पढिरहेकी थिइन्, तर पाण्डेले त्यहाँ पनि अध्यापन गराउने गरेको देखिएको छ ।

‘प्रिन्सिपल र शिक्षकजस्तो मर्यादित र सम्मानित पदमा कार्यरत पाण्डेले निःशुल्क ड्रेस र पुस्तक उपलब्ध गराइदिने, मोबाइलमा रिचार्ज गरिदिने, ल्यापटप किन्ने आश्वासन दिने गरेको पनि देखियो,’ एलिसाका बुबाले भनेका छन् ।

फेसबुकमा शिक्षक पाण्डेले ‘तिमी मेरो लागि विशेष छौं, मिस यू, तिमी मलाई विश्वास गर्छौं होला, फोटो पठाइदेउ,’ जस्ता म्यासेजहरु गरेका छन् । ती म्यासेजबाट नाबालिक छोरीलाई ललाईफकाई झु,’क्याएर यौन शोषण समेत गरेको शाहको परिवारका सदस्यहरुको दाबी छ ।

‘प्रभावमा यौन शोषण समेत गरिरहेका बेला त्यसको जानकारी पाएपछि आफ्नो र परिवारको समेत बेइज्जत हुन्छ भन्ने डर, त्रासले आत्महत्या गरेको देखिन्छ,’ आफन्त आदर्शले भने, ‘बहिनीको मिल्ने साथीहरुसँग सोध्दा पनि कोठाभित्र एक्लै राख्ने, अरुसँग कुराकानी गर्न र हिँडडुल गर्न पनि नदिने र अस्वाभाविक व्यवहार गर्ने गरेको खुलेको छ ।’प्रहरीका अनुसार पाण्डेले मृतकलाई ‘रेडमी नोट ९’ मोबाइल पनि किनिदिएको सार्वजनिक भएको छ ।

बुधबार, असोज २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.